इटहरीले रद्द गर्‍यो छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने दुइटा स्कुलको अनुमति

इटहरी | साउन ८, २०८०

इटहरीले रद्द गर्‍यो छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने दुइटा स्कुलको अनुमति

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।

 

इटहरी-१० मा रहेको इटहरी नमूना स्कुलु र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलु को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।

 

प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए।

 

२०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रूपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो।

 

इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएएको छ।

 

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन(२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। नियमअनुसार पाँच सय जनासम्म विद्यार्थी हुने स्कुलले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ। 

 

त्यस्तै पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ। बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमअनुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्